दफा २४
हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
सञ्चालक वा संस्थानको अरू कुनै कर्मचारीले यो ऐन र यस अन्तर्गत बनेको नियमहरू बमोजिम आफ्नो कर्तव्यको पालनको सिलसिलामा असल नियतले गरेको वा गर्न खोजेको कुनै काम कुराले हुन आएको वा हुने कुनै हानी नोक्सानीको निमित्त निज व्यक्तिगत रूपले जबाफदेही हुने छैन र यस सम्बन्धमा निजको विरुद्ध कुनै अदालतमा कुनै किसिमको नालिश वा उजूर लाग्ने छैन ।